×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु !

PRIME CA
GLOBAL IME BANK

सुनसरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु !

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

सुनसरी
  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर । कोरोना संक्रमणबाट शुक्रबार सुनसरीका चार जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोवेल मेडिकल कलेज विराटनगमा दुईजनाको मृत्यु भएको हो । 
मृत्यु हुनेमा मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र मोरङको रंगेली नगरपालिकाका एक/एक जना पुरुष रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका-६ का ६८ वर्षीय पुरुषको बिहीबार राति १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन । प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो ।
नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका-४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याएको वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै, १७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका-१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो । मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: