×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनुसरीको धरानमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनुसरीको धरानमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । सनुसरीको धरानमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र धरान उपमहानगरपालिकामार्फत स्वाब संकलन गरिएकामध्ये ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसमध्ये ४ जना पुनः परीक्षण गरिएकाहरू हुन् ।
उपमहानगरले ३५ जनाको स्वाब संकलन गरेर जाँच गर्दा १३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । अन्य भने बीपी प्रतिष्ठानमा स्वाब परीक्षण गरेकाहरू हुन् । १३ मध्ये ९ जना नयाँ संक्रमित हुन् भने ४ जना पूराना संक्रमित हुन् । रिपोर्ट आएकामध्ये फेरि परीक्षण गरिएकामध्ये ४ जना अनुसन्धान कार्यालयका कर्मचारी रहेको मेहताले बताए । संक्रमितहरुको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी