- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । सुर्खेतमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिकाकी ६५ वर्षीया महिलाको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।
दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ पुगेको छ ।