Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरी नगरपालिकामा तास खालबाट १० जना पक्राउ, नगदसहित ६ बुक तास बरामत !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । 
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेका छन् । उनीहरुको साथबाट १ लाख ३३ हजार ७५ रुपैयाँ नगदसहित ६ बुक तास प्रहरीले बरामत गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK