×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करका दर र अन्तः शुल्क घटाउने सरकारको निर्णय !

PRIME CA

करका दर र अन्तः शुल्क घटाउने सरकारको निर्णय !

अर्थ सरोकार

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तःशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था विहिबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए।
यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क) को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो काम गर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: