×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालयका सम्पूर्ण सेवा बन्द !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालयका सम्पूर्ण सेवा बन्द !

  • अर्थ सरोकार सम्बाददाता 

महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् । 
यस्तै पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि आजदेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् । नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: