×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात महिनादेखि बन्द रहेका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने, के भन्छन् मन्दिर व्यवस्थापकहरु ? (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

सात महिनादेखि बन्द रहेका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने, के भन्छन् मन्दिर व्यवस्थापकहरु ? (भिडियो रिपोर्ट)

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवि लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । 
मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताउनुभयो । तर सरकारबाट अहिले सम्म कुनै निर्णय आइनसकेको उहाँले बताउनुभयो । तरपनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताउनुभयो । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उहाँले बताउनुभयो ।
कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन् । तर अधिकांश मन्दिरहरु कात्तिक एक गते देखि सिमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: