×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकको नेपाललाई सहयोग : साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

LAXMI SUNRISE BANK

विश्व बैंकको नेपाललाई सहयोग : साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्व बैंकले नेपालको ग्रामीण व्यवसाय तथा आर्थिक विकाससम्बन्धी परियोजनाका लागि ८ करोड डलर (करीब रु.९ अर्ब ५० करोड)ऋण सहयोग गर्ने भएको छ । नेपालको कृषि क्षेत्र तथा महामारीपछिको आर्थिक पुनरुत्थानलाई सघाउने यो परियोजनाका लागि ब्यांकले ऋण सहायता अनुमोदन गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ ।
नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको छ । यो परियोजनाले ग्रामीण कृषि व्यवसायको बजार पहुँचलाई वृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्नेछ। खासगरी महिलाद्वारा सञ्चालित कफी, चिया, फलफूल तथा जडिबुटी लगायत परियोजनालाई सहयोग गरिने ब्यांकले जनाएको छ ।
नेपालका लागि ब्यांकको देशीय निर्देशक फारिस हदाद जर्भोसले यो परियोजना मार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा विश्व बजारमा नेपालको कृषि उत्पादनको ब्राण्ड स्थापित गर्न सहयोग गर्ने उल्लेख गरेका छन्। नेपालले दुई दर्जन परियोजना सञ्चालन गर्न विश्व ब्यांकसँग करीब ३ अर्ब डलर ९करीब रु। साढे तीन खर्ब० ऋण सहयोग लिने समझदारी गरेर काम अगाडि बढाइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी