
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवस्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताउनुभएको छ । यस वर्षको दशैंमा ४/५ लाखको सख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवस्यक नपर्ने देखिएको उहाँले बताउनुभयो । अहिले पनि काठमाडौंबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उहाँले बताउनुभयो ।
तरपनि २५ गते पछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको स्थितिलाई हेरेर आफु जहाँ छौं त्यहिं दशैं मनाउन अर्थात यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आकलन आफुहरुको रहेको भुसालले बताउनुभयो । तर अग्रिम टिकट बुकिङको व्यवस्था नभएपनि दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।
गत वर्ष दशैंको बेलामा करिब २० लाख मानिसहरु काठमाडौंबाट बाहिरिएका थिए । तर अहिले ४/५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङ्को आवस्यकता नपर्ने देखिएको भुसालको भनाई छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा माथि पुगेमा लकडाउन गर्न सिफरिस गरेको कारणले पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने नगर्ने भन्ने सम्बन्धमा अन्योल देखिएको भुसालले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्