×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकटकका नाममा अराजकता : ‘भैंसी लड्यो है…’ भन्ने गीतमा टिकटक बनाउन भीरबाट लडाईयो भैंसी !

PRIME CA
GLOBAL IME BANK

टिकटकका नाममा अराजकता : ‘भैंसी लड्यो है…’ भन्ने गीतमा टिकटक बनाउन भीरबाट लडाईयो भैंसी !

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय युवाहरु टिकटकतर्फ आकर्षित छन् । बिशेषगरी मनोरंजनका लागि टिकटक बनाउने मात्र होइन, त्यसमा फलोअर्स बढाउनका लागि अनेक रमाइलो गरिरहेका छन् विशेषगरी युवायुवतीहरु । तर टिकटकको प्रयोग अराजकतातर्फ लाग्दै गरेको पाइएको छ । जसको पछिल्लो उदाहरण हो भैंसीलाई भीरबाट नै लडाएर बनाइएको टिकटक ।
‘भैंसी लड्यो है निर भीरबाट हेर…’ भन्ने गीतमा टिकटक बनाएर भाइरल हुने चाहानामा एक भैंसीलाई साँच्चै भीरबाट लडाइएको छ । भिडियोमा भैंसी भीरबाट लडेको स्पष्ट देख्न सकिन्छ । यतिमात्र होइन उक्त भिडियोमा भैंसी नमज्जासँग लड्छ । धन्न भैंसी बाँचेको छ । यो टिकटक भाइरल भएपछी अहिले पशु अधिकारकर्मीहरुले समात यसको विरोध गरेका छन् भने टिकटकका अधिकांश प्रयोगकर्ताले यो भिडियो हाल्नेलाई गाली गरेका छन् ।
यतिसम्म कि यस्तो भिडियो हालेर पशु अधिकार हनन गर्नेलाई कारवाहीको माग गर्दै केहि पशुअधिकारकर्मीहरु प्रहरीसमक्ष जाने योजनामा छन् । टिकटक बनाउनेले आफ्नै भैंसीलाई लडाए वा अरुकै भैंसीलाई लडाए भन्ने विषयमा छानविन गर्न आवश्यक रहेको भन्दै पशु अधिकारकर्मीहरु जुर्मुराएका छन् ।
भाइरल हुने नाममा अहिले टिकटकमा हुने नहुने काम गर्नेहरु पनि बढेका छन् । टिकटकको प्रयोगमा भाइरल हुने चाहानामा अश्लीलतासमेत बढेको छ । यस्ता प्रयोगकर्ताले टिकटकको माध्यमबाट राम्रा, ज्ञान वा मनोरन्जनात्मक भिडियो बनाउनेहरुलाई समेत बदनाम गरिरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: