- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । बैंकले सिटिजन्स बैंक इन्टरनेशनलसँग एक्विजिसन सम्झौता गरेसँगै नेप्सेले आइबारदेखि सेयर कारोबार रोक्का गरेको हो ।
शनिबार (कात्तिक १ गते) सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ शेयर स्वाप अनुपातमा एक्वायर गर्ने सम्झौतापत्रमा दुबै बैंकले हस्ताक्षर गरेका थिए ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।