×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कालभैरव मन्दिरले धानेकोछ यी महिलाको जिन्दगी, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कालभैरव मन्दिरमा परेवाको चारो बेच्न बसेकी महिलादेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
काठमाडौँको कालभैरव मन्दिर आसपासको क्षेत्रमा परेवाको चारो बेच्न बसेकी महिला ।
तनहुँको व्यास नगरपालिका–११ सेरा निवासी शोभा पौडेलले व्यावसायिक रुपमा पाल्नुभएको टर्की । टर्की व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि त्यस क्षेत्रका तेह्र घरपरिवारले आफ्नो कक्ष अनुरुप टर्की पाल्न थालेका छन् । 
नलगाड नगरपालिका–८ स्वारामा कृषकले लगाएको गहत बाली भित्र्याउँदै । यहाँका अधिकांश कृषक दालको रुपमा गहत खाने गर्दछन् । 
पोखरा– १७ ड्यामसाइडस्थित फेवातालको बाँध केही भाग खुल्दा बगेको पानीको सुन्दर दृश्य । 
कैलालीको लम्कीचुहामा बाख्रा चराउन जङ्गल लैजाँदै गरेका महिला । लम्कीचुहामा अधिकाँश महिलाले व्यावसायिकरुपमा बाख्रा पालन गरेका छन् ।
बिहीबारबाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनःसञ्चालनमा आएको छ । औपचारिकरुपमा बुधबारदेखि शुरु भनिए पनि बिहीबार दुई कन्टेनर स्याउसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: