×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ८ जना जसले ट्राफिक पुलिसलाई, ‘ब्रदर यतै मिलाउँन…’ भन्दै घुस दिए, पक्राउ परेपछि देखे ‘तोरीको फूल’ ! (नामसहित)

LAXMI SUNRISE BANK
GLOBAL

यी ८ जना जसले ट्राफिक पुलिसलाई, ‘ब्रदर यतै मिलाउँन…’ भन्दै घुस दिए, पक्राउ परेपछि देखे ‘तोरीको फूल’ ! (नामसहित)

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी नियम मिचेर ट्राफिकको कारवाहीमा परेपछि ‘ब्रदर यतै मिलाउन’ भन्दै एक जना, सर अलि अलि दिन्छु नि भनेर घुस दिने २ जना र अन्य तरिकाले आर्थिक प्रलोभन देखाउने गरी कुल ८ जना चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३ हजार रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

प्रहरीलाई घुस दिन खोज्दा उल्टै पक्राउ परेपछि उनीहरुले ‘तोरीको फूल देखेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी