- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वलाई लक्षित गर्दै धनगढीमा ट्राफिक प्रहरीको सक्रियता बढेको छ । चाडपर्वमा हुने भिडभाड तथा अव्यवस्थित चहलपहललाई मध्यनजर गर्दै ट्राफिक चेकिङ्गमा वृद्धी भएको हो ।
सुदूरपश्चिमको मुख्य व्यपारिक शहरको रुपमा रहेको धनगढीमा चाडपर्व नजिकिएसँगै चहलपहलमा पनि वृद्धी भएको छ । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीमा जनशक्ति वृद्धी गरि सक्रियता बढाएको ट्राफिक प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडबाडको समयमा हाम्रो उपस्थितिमा कमि हुन दिदैनौँ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्…