×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा संक्रमितको संख्या झन्डै चार हजार पुग्यो, तीन हजार सङ्क्रमणमुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्णाली प्रदेशमा संक्रमितको संख्या झन्डै चार हजार पुग्यो, तीन हजार सङ्क्रमणमुक्त

Artha Sarokar

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ८४१ पुगेको छ । आइतबार ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसंगै योसंख्या तीन हजार ८४१ पुगेको हो । पछिल्लो २४ घण्टामा उक्त प्रदेशमा २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् । 
आइतबार कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दिए । सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम (पश्चिम)का एक एक व्यक्ति छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको संख्या पनि ३ हजार पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी