
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका पौडेललाई चयन गरेको हो । पौडेल एमएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएपछि नबिल बैंकको सञ्चालक चुनिएका थिए ।
यसअघि बैंकको अध्यक्ष शम्भु प्रसाद पौड्याल थिए । उनको कार्यकाल सकिएपछि उपेन्द्र अध्यक्ष चुनिएका हुन् । सन् १९८६ मा ग्रिण्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । सो बैंकमा १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । उनले ३४ वर्षको बैंकिङ अनुभव लिएका छन् । पौडेल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्