
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले काठमाडौं ,भक्तपुर र ललितपुरमा संक्रमितको संख्या २७ हजार ९१८ पुगेको हो ।
उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या भने १२ हजार २५४ पुगेको छ । जसमा काठमाडौंमा नौ हजार ८९२ जना, भक्तपुरमा एक हजार ७२ जना र ललितपुरमा एक हजार २९० संक्रमित अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेको महाशाखाले जनाएको छ । देशैभर कोरोनाका संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
काठमाडौंमा २२ हजार ६७३ जना, भक्तपुरमा दुई हजार ४४९ जना र ललितपुरमा दुई हजार ७९६ जनामा कोरोना संक्रमण देखिएको महाशखाको जनाएको छ। यस्तै देशैभर कोरोना निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशैभर ५२८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्