×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट गरिने

LAXMI SUNRISE BANK

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट गरिने

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ । सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो । संविधानअनुसार प्रदेशभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो । गत भदौबाट नै टेकुस्थित केन्द्रले जाँच पास र रुट इजाजत दिन थालेको केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो । उहाँका अनुसार अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालबाहक सबै सवारीसाधनको यहीँबाट परीक्षण र अनुमति दिइनेछ । उहाँले भन्नुभयो, “अझै पनि धेरैलाई जानकारी नभएकाले यातायात कार्यालयमा नै गएको पाइन्छ ।”
यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण केन्द्र मात्रै रहेका छन् । टेकुबाहेक हेटौँडा र बुटवालमा पनि केन्द्र रहेका छन् भने अरु विभिन्न स्थानमा केन्द्र स्थापनाको योजना बनाइएको छ । ती सबै केन्द्रले सवारी साधनको दुरुस्तता परीक्षण गरेर मात्रै जाँच पास गर्नेछ । पहिले यातायात कार्यालयमा नै सवारी साधन परीक्षणका लागि आवश्यक जनशक्ति र उपकरण भए पनि त्यो हस्तान्तरण भए पनि जनशक्ति अभावमा जाँचपास गर्न नसकिएको प्रमुख भुसालले बताउनुभयो । अहिले जनशक्ति र प्रविधि दुवैले सवारी साधनको दुरुस्तता परीक्षण गरिने भएको छ । केन्द्रमा रहेको उपकरण लामो समयदेखि थन्किएकामा अहिले त्यसको मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ ।–रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी