×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशाल ग्रुपका ८ कर्मचारी पक्राउ, म्याद नाघेका जंकफुडमा नयाँ म्याद टाँसेर बजारमा धमाधम बिक्री गरेको तथ्य फेला !

PRIME CA
GLOBAL IME BANK

विशाल ग्रुपका ८ कर्मचारी पक्राउ, म्याद नाघेका जंकफुडमा नयाँ म्याद टाँसेर बजारमा धमाधम बिक्री गरेको तथ्य फेला !

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विशाल ग्रुपको कम्पनीको गोदाममा छापा मारेको छ । विभागले छापा मारेर म्याद सकिएका जंक फुडहरुमा नयाँ लेबल (स्टिकर) लगाउन प्रयोग गरिएको मसिनसहित ८ जनालाई पक्राउ पनि गरेको हो । 
जससंगै उक्त ग्रुपले म्याद नाघेका जंक फुडहरुमा नयाँ म्याद टाँसेर बजारमा बेच्ने गरेको तथ्य खुलेको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)र विभागको टोलीले उनीहरुलाई स्निकर चकलेट,ओरियो विस्कुट, आलुचिप्स लगायतका वस्तुहरुको रिलेवलिङ गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । 
आयान डिष्ट्रिब्युटर वाफलका २ घर र अमेजन डिष्ट्रिब्युटरको एउटा घर सिलबन्दी गरिएकोसंगै ३ गाडि समान पनि विभागले बरामद गरेको छ । पक्राउ परेकाहरुलाई अहिले दरबारमार्ग प्रहरीमा राखिएको छ  । म्याद टास्न बाँकी म्याद वस्तुहरुको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको विभागले बताएको छ  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: