×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याद नाघेका खाद्य सामाग्री बिक्री वितरण गर्ने बिशाल ग्रुपको वेभसाइट बन्द

LAXMI SUNRISE BANK

म्याद नाघेका खाद्य सामाग्री बिक्री वितरण गर्ने बिशाल ग्रुपको वेभसाइट बन्द

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार साँझसम्म सञ्चालनमा रहेको व्यापारिक घराना विशाल ग्रुपको वेबसाइट सोमबार बिहानैदेखि बन्द भएको छ । बेभसाइटमा अन्डरमेन्टिनेन्स भनेर उल्लेख गरेपनि बिशाल ग्रुप निकट स्रोतकाअनुसार आफ्ना सूचना र आयान डिस्ट्रिब्युटर्ससँगको सम्बन्ध थाहा पाउने भएकाले वेभसाइट बन्द गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले असोज १५ मा विशाल ग्रुपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा लगायतका म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाइएको भेटिएको थियो ।
वाणिज्य विभागले पनि विशाल ग्रुप अन्तर्गतको आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारी आयान डिस्ट्रिब्युटर्सका म्यानेजर रोनक बोथ्रालाई पक्राउ गरेयताको दैनिक अनुगमन विवरण अद्यावधिक गर्न छोडेको छ भने कारबाही विवरणको पनि अभिलेख राखिएको छैन । आइतबार विशाल ग्रुपले विज्ञप्ति जारी गर्दै आयान डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी