×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई प्रहरीको कारवाही, १५३ जनाले टासेनन् भाडादर !

LAXMI SUNRISE BANK

ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई प्रहरीको कारवाही, १५३ जनाले टासेनन् भाडादर !

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई कारवाही गरिएको छ । सोमबार महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई कारबाही गरेको हो । 
प्रहरीले सवारीसाधनमा भाडा सूची नटाँस्‍ने १५३ जना, नम्बर प्लेट स्पष्ट नराख्‍ने १८९ जनालाई कारबाही गरिएको गरेको छ भने सडक तथा फुटपाथमा पार्किङ गर्ने ७७ जना र मदिरा पिएर सवारीसाधन चलाउने ११ जनामाथि समेत कारबाही गरिएको छ ।
यस्तै जोर-बिजोरको उल्लंघन गर्ने ८१५ सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६४८ वटा दुईपाङ्‌ग्रे र १६७ वटा चारपाङ्ग्रे सवारीसाधन छन् ।
पछिल्लो चौबीस घण्टामा विभिन्‍न नाका प्रयोग गरी पाँच हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् भने ५ हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी