×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसिसिआई निर्वाचन : ५८ प्रतिशत मत खस्यो, ३ स्थानमा मतदान जारी ! (अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एफएनसिसिआई निर्वाचन : ५८ प्रतिशत मत खस्यो, ३ स्थानमा मतदान जारी ! (अपडेट)

Artha Sarokar

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ ।  निर्वाचन समितिका अनुसार दिउँसो १ बजेसम्म ५८ प्रतिशत मत खसेको हो । महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये ६ सय भन्दा बढी मत खसेको छ ।
महासंघको मतदान अहिले पनि जारी छ । जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ । कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी