
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेसम्म ५८ प्रतिशत मत खसेको हो । महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये ६ सय भन्दा बढी मत खसेको छ ।
महासंघको मतदान अहिले पनि जारी छ । जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ । कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्