- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले दिउँसो १:४५ बजेसम्म जिल्ला नगर, वस्तुगत र एशोसियट्ससमेत गरि ६५ प्रतिशत मत खसेको बताएका हुन् ।
यस्तै हालसम्म ७० वटा जिल्ला नगर, ६५ एशोसियट्स र ६०० जना एशोसियट्स सदस्यले मतदान गरेका छन् । जिल्ला नगरतर्फ १ सय ७, वस्तुगतमा १ सय ३ र एशोसियट्समा ९ सय २३ जनाको मताधिकार छ । मतदान साँझ ५ बजेसम्म चल्ने समतिले जनाएको छ ।