×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट उद्योगमा आगलागी, शिखर इन्स्योरेन्समा बीमा, घाटाचाहिं पुनर्बीमालाई !

PRIME CA

शिवम् सिमेन्ट उद्योगमा आगलागी, शिखर इन्स्योरेन्समा बीमा, घाटाचाहिं पुनर्बीमालाई !

६ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुरमा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा विद्युत् चुहावट हुँदा आगलागी भएको हो । 
शनिबार बिहान विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । रानाका अनुसार आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति भने भएको छैन । आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र शिखर इन्स्योरेन्समा उद्योगको बिमा भएकोले धेरै क्षति व्यहोर्नु नपर्ने शिवम सिमेन्टका मुख्य लगानीकर्तामध्येका एक सतिशकुमार मोरले बताए । शिखर इन्स्योरेन्सले समेत उक्त बीमाको पुनर्बीमा गरेकाले घाटा भने पुनर्बीमा कम्पनीलाई हुने भएको छ ।
विद्युत् चुहावटबाट उद्योगमा सल्किएको आगो स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: