×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एडिबीद्वारा नेपाललाई १७ अर्ब ७० करोड ऋण सहयोग, अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाईने !

LAXMI SUNRISE BANK

एडिबीद्वारा नेपाललाई १७ अर्ब ७० करोड ऋण सहयोग, अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाईने !

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न एशियाली विकास बैंक (एडिबी)ले  १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । 
विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । 
यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी