×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दशैंपछि आन्तरिक उडानमा उत्साह उस्तै, सुस्तायो अन्तर्राष्ट्रिय उडान

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दशैं अगाडी यात्रुको उच्च चाप हुने समयमा खुलेको आन्तरिक उडानमा भने उत्साह छ । खासगरी सस्तो हवाई भाडा, दशैंको समयमा आन्तरिक पर्यटनमा देखिएको गतिविधि र लामो समय थुनिएर बसेका यात्रुको चहलपहल बढ्दा अहिले आन्तरिक उडानमा वायुसेवा कम्पनीले उल्लेख्य यात्रु पाएका छन् ।
त्यसमा पनि आफैंले ल्याएका ट्राभल प्याकेजहरुका कारण आन्तरिकमा यात्रुको संख्या बढेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आन्तरिकमा अहिले दैनिक ७० वटासम्म उडान हुने गर्छ । एयरलाइन्सहरूले समेत राम्रो अक्कुपेन्सीमा यात्रु पाइरहेका छन् ।
तर, अन्तर्राष्ट्रिय हवाई उडानमा भने पुनः सुस्ताउन थालेको छ । कतिपय मुलुकमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुस्ताउन थालेको हो ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार दशैंको समयमा अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म उडान भएका थिए ।तर, अहिले भने क्रमशः हवाई जहाजको उडान-आगमन सुस्ताएको छ । अहिले दैनिक एक दर्जन हाराहारी उडान हुने गरेको उनले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: