×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा आज ४ बजेदेखि सुरु हुँदै, यस्ता छन् पेस गरिने एजेन्डा

PRIME CA
GLOBAL IME BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा आज ४ बजेदेखि सुरु हुँदै, यस्ता छन् पेस गरिने एजेन्डा

३ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आज (बुधबार) दोस्रो वार्षिक साधारणसभा हुने भएको छ । साधारणसभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुने भएको हो । साधारणसभामा बैंकले अघिल्लो सभामा पेश गरिएको एजेन्डालाई नै निरन्तरता दिने भएको छ । 
यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नुपरेमा सो को अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभाले आर्थिक वर्ष ७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । 
बैंकले यसअघिको सभाबाट नै आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि सेयर निष्कासन कार्यले मूर्तरुप नलिएको हुनाले फेरि प्रस्ताव पारित गरिनेछ । अहिले बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपीओ निष्काशनपछि पुँजी २० अर्ब पुग्नेछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ ल्याउँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: