×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा आजबाट सुरु, वरिष्ठ उपाध्यक्षमा कसले मार्ला बाजी ?

PRIME CA

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा आजबाट सुरु, वरिष्ठ उपाध्यक्षमा कसले मार्ला बाजी ?

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को ५४औं वार्षिक साधारणसभा आज बिहीबार (मंसिर ११ गते) बाट सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभाको उद्घाटन बिहान ११.३० बजे भर्चुअल माध्यमबाट गर्ने भएका छन् । 
कोरोना संक्रमणका कारण उद्घाटन मात्रै नभई बन्दसत्रसमेत जुम एपबाट हुने भएको छ । बन्द सत्र १२ गते हुनेछ । बन्द सत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा भने चुनाव हुनेछ । 
वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिएका छन् । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघको निर्वाचनका लागि ३ स्थान तय गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: