Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनाध्यक्ष नरवणेलाई हेलिकप्टरमार्फत विमानस्थल लगियो, फर्किए स्वदेश !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । बुधबार नेपालको भ्रमणमा आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा उनलाई नारायणहिटीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकप्टरमा लगिएको थियो ।
उनलाई लैनचौरस्थित भारतीय दूतावासबाट नारायणहिटी लगेर हेलिकप्टर चढाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नयाँ दिल्ली प्रस्थान गरेका छन् । आज स्वदेश फर्किनु अघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाली सेनाका मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK