×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपि पावर कम्पनीले बोलायो मंसिर ८ गते दुई आर्थिक वर्षको वार्षिक साधारणसभा, लाभांशसहित यस्ता छन् एजेण्डाहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावर कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको उक्त साधारण सभा मंसिर ८ गते कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथली काठमाडौंबाट भर्चुअल माध्यम बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सभा एकैपटक गर्न लागेको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस र २०७६–७७ नाफाबाट ९% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ । साथै, दुई आर्थिक वर्षको बोनस सेयर प्रयोजनका लागि क्रमशः ०.२६% र ०.४७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । 
दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि अपिले मंसिर १ गतेदेखि चैत ७ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, २०७६–७७ को नाफाबाट वितरण गर्ने ९% बोनस सेयर कात्तिक ३० गतेसम्म कायम सेयरधनीले हात पर्नेछन् । 
आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्ने ५% बोनस सेयरमा भने कम्पनीले गत वर्ष चैत १ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: