×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरको ४७% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने आवेदन दिन ?

PRIME CA
GLOBAL IME BANK

अपि पावरको ४७% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने आवेदन दिन ?

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावरको हकप्रद सेयर भर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि ४७% हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । 
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यता, ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ ।
धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: