- अर्थ सरोकार सम्बाददाता
धनगढी। डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएको आरोपमा निर्माण व्यवयायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बोहरालाई शनिबार पक्राउ गरेको थियो । बोहरा निर्माण सेवा परशुरामले परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कली बैङ्क ग्यारेन्डी बनाएर १० लाख भुक्तानी लिएको थियो ।
नेपाल बैंक महेन्द्रनगर शाखाले बोहरा निर्माण सेवाले नक्कली बैङ्क ग्यारेन्टी बनाएको भन्दै किटानी जाहेर दिएपछि बोहरा निर्माण सेवाका प्रोपराईटर बोहरालाई पक्राउ गरिएको हो ।