
- अर्थ सरोकार सम्बादाता
कञ्चनपुर । कञ्चनपुरमा जुवा खालबाट रकम लुटेर भागेका तीन जना पेस्तोलसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १ पिपलथलाका केदार बिष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्टलाई १ थान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो।
बेदकोट नगरपालिका–५, पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेको स्थानबाट ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएका थिए।
सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्नलाई हतियारसहित फेला पारेको हो। घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।
साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जिन र २ राउन्ड गोली फेला पारेको थियो। घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्