Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ्ग कसुर मुद्दामा तीन दिन कैद सजाए पाएका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–४ बस्ने ३० बर्षीय अनुपमणि अधिकारीलाई पक्राउ गरेको हो । 
निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK