×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङमा समुदाय स्तरमा कोरोना फैलियो, एक साताका लागि बजार बन्द !

अर्थ सरोकार

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार

PRIME CA

बाग्लुङमा समुदाय स्तरमा कोरोना फैलियो, एक साताका लागि बजार बन्द !

  • अर्थ सरोकार सम्बाददाता 

बाग्लुङ । प्रशासन कार्यालय बाग्लुङले बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द गरेको छ । समुदाय स्तरमा कोरोना फैलिएपछि प्रशासन कार्यालयले सोमबार राति १२ बजेदेखि कात्तिक २४ को राति १२ बजेसम्म लागू हुने गरी बजार क्षेत्र बन्द गरेको हो । 
सोमबार सम्पन्न सर्वपक्षीय बैठकको सहमतिअनुसार प्रशासनले बाग्लुङ नगरपालिकाका चारवटा वडामा बन्द गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यकबाहेकका सार्वजनिक यातायात तथा बजार क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । 
सो अवधिमा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल, बिउ, स्वास्थ्य सेवा र विपत् व्यवस्थापन, सरकारी सवारीसाधन तथा पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवा चल्नेछन् । दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म मात्रै पसल सञ्चालन हुनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: