
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङ शनिबार जुवाको खालबाट आठ जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका–९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका–३ का तेजविक्रम क्षेत्रीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको साथबाट नगद रु ५४ हजार ७०० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्