×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरानाका कारण समस्यामा घरबास, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुन्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरानाका कारण समस्यामा घरबास, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुन्य

Artha Sarokar

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गलकोट । यस वर्ष कोरोनाका कारण घरबासहरु समस्यामा परेका छन् । लक डाउन भएयता घरबास अपवाद बाहेक सुनसान बनेका छन् । जिल्लाको पहिलो तथा चर्चित घरबासको रूपमा रहेको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार घरबास कोरोनाका कारण सुनसान छ । कोरोना सङ्क्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको घरबासका सञ्चालक खिमबहादुर थापाले बताए  ।
कोरोना महामारी शुरु भएपछि अहिलेसम्म घरबासमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताउ छन्  । लकडाउनको अवधि घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने सिजन थियो । कोरोनाले गर्दा घरबास व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ । गत वर्ष घरबासमा पाहुनाहरुको बाक्लो उपस्थितिले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीले पनि राम्रो बजार पाएको घरबास सञ्चालकहरु बताउँछन् । यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयवासीको गुनासो छ ।
बरेङ गाउँपालिका–२ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा गत वर्षदेखि सामुदायिक घरबास सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयमै सो घरबासले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको थियो ।
यस्तै निसीखोला गाउँपालिकाका–२ को अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक घरबास पनि कोरोनाका कारण उस्तै समस्यामा छ । कुनै समय आन्तरिक पर्यटकले भरिभराउ हुने घरबास अहिले सुनसान छ । गत वर्षदेखि नै सञ्चालनमा आएको यो घरबास धेरैको रोजाइमा परेको थियो । यो घरबास उच्च पहाडको शिरमाथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो । जिल्लामा २८ सामुदायिक घरबास रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी