Skip to content
LAXMI SUNRISE BANK

बैतडीमा करिब डेढ लाख बराबरको अवैध सामान बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी। बैतडीमा करिब डेढ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । भारतको झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याइएको बिँडी सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । 
शनिबार राति जिल्लाको दशरथचन्द नगरपालिका–६ सुकुट्टीबाट १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए ।
बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK