×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारको बिदामा बैंकहरुले सबै शाखा बन्द गर्ने, ग्राहकहरुलाई डिजिटल बैंकिङको प्रयोग गर्न बैकर्स संघको आग्रह !

अर्थ सरोकार

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार

PRIME CA

तिहारको बिदामा बैंकहरुले सबै शाखा बन्द गर्ने, ग्राहकहरुलाई डिजिटल बैंकिङको प्रयोग गर्न बैकर्स संघको आग्रह !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तिहारको बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने बन्द हुने छैन ।
कोरोनाको संक्रमण झन् बढ्दै गएको भन्दै तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएको छ । ‘‘नजिकिँदै गएको तिहार बिदामा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ र एटीएम सेवा यथावत् रूपमा प्रयोग गर्न सकिनेछ ।’’बैकर्स संघले जारी गरेको सूचनामा भनिएको छ ।
कोरोना संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: