×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवा शुल्क लिन नपाउने भएपछी धनगढीका बैंकले एटिएममा रकम राख्न छाडे, अनेक बहाना बनाएर सेवाग्राहीलाई मुर्ख बनाउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेवा शुल्क लिन नपाउने भएपछी धनगढीका बैंकले एटिएममा रकम राख्न छाडे, अनेक बहाना बनाएर सेवाग्राहीलाई मुर्ख बनाउँदै

Artha Sarokar

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । शुक्रबार धनगढीका ४ वटा बैंकको एटिएममा खराबी देखिएको छ । धनगढीमा रहेको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमइ बैंक, हिमालयन बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको एटिएममा खराबी देखिएको हो । 

धनगढी चौराहमा रहेको प्रतिष्ठित मानिने राष्ट्रिय वाणिज्य बैंकको एटिएममा पैसा निकाल्नका लागि पुगेका शिवचरण रानाले एटिएमबाट पैसा नै ननिस्किएको गुनासो गरे । उक्त गुनासो प्राप्त गरे लगत्तै बैंकमा बुझ्दा एटिएममा पैसा सकिएको कारण बताउँदै छिट्टै समाधान गर्ने बैंकले बताएको छ । 

धनगढीको चौराहमै रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा पनि खराबी देखिएको छ । बैंकको एटिएम प्रयोगका लागि पुग्ने सेवाग्राही रित्तै हात फर्किएपछि बैंकमा बुझ्दा एटिएममा प्राविधिक खराबी देखिएको बैंकले जनाएको छ । 

त्यस्तै धनगढीको रातोपुलस्थित कुमारी बैंकको एटिएम पनि केहि दिनदेखी बन्द अवस्थामा रहेको छ । एटिएममा खराबी देखिएको सुचना टाँस गर्दै बैंकले एटिएम सेवा बन्द गरेको छ । शुक्रबार भएकोले बैंक छिट्टै बन्द हुने र रकम निकासको लागि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

उता हिमालयन बैंक लिमिटेडको एटिएमको अवस्थापनि केहि यस्तै छ । सुचना नै टाँस नगरी बैंकले एटिएम सेवा बन्द गरेको छ । बुझ्दा थाहा भयो कि एटिएममा खराबी आएपछि मर्मत नहुन्जेसम्मका लागि सेवा बन्द गरिएको रहेछ । यसरी एकैदिन धनगढी ४ बैंकको एटिएममा समस्या देखिदा सेवाग्राही मर्कामा परेका छन् । 
यता बैंकहरुले एटिएम मेसिनमा खराबी आएको बहाना बनाएर सेवाग्राहीलाई भने मुर्ख बनाइरहेका छन् । कोरोना भाइरसको अवधिभर नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीले जुनसुकै बैंकको एटिएम प्रयोग गरेपनि सेवा शुल्क नलिन भने पछि बैंकहरु एटिएममा प्रयाप्त रकम राखेका छैनन् । यो समस्या राजधानी काठमाडौँदेखि अधिकाशं स्थानमा देखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी