
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ३७.०८% ले घटेर २४ करोड १४ लाख ६ हजार रुपैयाँ मात्रै कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी २१.२१% ले घटेर ७६ करोड ९९ लाख ४५ हजार रुपैयाँमा खुम्चिएको छ भने सञ्चालन नाफा पनि ३७.०८% ले घटेर ३४ करोड ४८ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफामा नकारात्मक प्रभाव परेको हो । साथै, खराब कर्जा बढेकाले पनि त्यसको असर नाफामा परेको हो ।
अहिलेसम्म आउँदा बैंकको वितरणयोग्य नाफा भने १२ करोड ६० लाख ५६ हजार रुपैयाँ ऋणात्मक छ । खराब कर्जा ०.४५% ले बढेर २.१८% मा पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९२ पैसा रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्