×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमान्डूले बोलायो मंसिर १५ गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमान्डूले बार्षिक साधारण सभा मंसिर १५ गते डाकेको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । 
सभामा बैंकले १३% बोनस र कर सहित ३% नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७७ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष . २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने भएको छ । 
हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ हुनेछ । यसैबीच, साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक २८ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ । यस अनुसार बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्न कात्तिक २७ गते सेयरधनी बनिसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: