×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा उपचारारत ३० सङ्क्रमित सिकिस्त, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA

बाँकेमा उपचारारत ३० सङ्क्रमित सिकिस्त, संक्रमितको संख्या कति पुग्यो ?

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बाँके। बाँकेमा कोरोना सङ्क्रमण भई दुई ठूला अस्पतालमा उपचारारत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त रहेका छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना रहेका छन् । भेरीमा नौ र कोहलपुरमा १२ जना गरी अस्पतालमा २१ जना सामान्य बिरामी उपचाररत रहेका छन् । बाँकेका विभिन्न स्थानीय तहमा १९१ जना कोरोना सङ्क्रमित रहेका छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । 
नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा हालसम्म कोरोनाका कारण १३ महिला र २१ पुरुष गरी ३४ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: