×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट बर्दिया र दाङका ३ जनाको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमणबाट बर्दिया र दाङका ३ जनाको मृत्यु

Artha Sarokar

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा उपचाररत तीन जनाको मृत्यु भएको छ । बर्दियाका दुईज ना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो ।
बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनी कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । बर्दियाकै बाँसगढी नगरपालिका-८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । उनमा सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टी भएको  हो । 
साथै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी