
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हालसम्म वाणिज्य बैंकमा कार्यरत ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैकिङ क्षेत्रमा कुल ५० हजार कर्मचारी कार्यरत रहेकोमा हालसम्म ६ हजार भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टी भएको हो ।पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभर संक्रमित हुने कुल मानिसको संख्या २ लाख नजिक रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थामा पनि कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्दो छ । विशेष गरी काठमाडौँ उपत्यकामा को रोनाको जोखिम अत्याधिक छ । बैंकका कर्मचारीमा संक्रमण हुने क्रम बढेपछि बैंकहरुले डिजिटल बैकिङलाई जोड दिँदै आएका छन् ।
सम्पूर्ण ग्राहकहरुलाई डिजिटल बैकिङमार्फत कारोबार गर्न पनि आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै बैंकर्स संघले आउंदै गरेको तिहारमा ३ दिन बैंक पुर्ण रुपमा बन्द रहने जनाएको छ । बैंक बन्द भएता पनि डिजिटल बैकिङ र एटिएम सेवा सुचारु रहने संघले जनाएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्