×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने, बीमा कम्पनीहरुले पनि सेवा दिने !

LAXMI SUNRISE BANK

बुधबारबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने, बीमा कम्पनीहरुले पनि सेवा दिने !

२ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भोलि (बुधबार) देखि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको उपलक्ष्यमा गत शुक्रबारदेखि बन्द भएका बैंक तथा वित्तीय संस्था बुधबारदेखि खुल्ने भएका हुन् । भोलिदेखि सबै सरकारी कार्यालय, सार्वजनिक निकायलगायतका संघसंस्था पनि खुल्ने छन् । आज मंगलबार पनि सरकारले सार्वजनिक बिदा दिएका कारण भोलिदेखि मात्रै यस्ता संघसंस्था खुल्न लागेका हुन् । 
नेपाल बैंकर्स एशोसिएसनले बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा भोलिदेखि खुला हुने जनाएको हो । साथै बीमा कम्पनीहरु पनि भोलिदेखि नै नियमित खुल्ने छन् । आउँदो शुक्रबार छठ पर्व रहेकाले उक्त दिन पनि बैंक र बीमा कम्पनी बन्द हुनेछन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी