- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनी २३ लाख ३५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यस अवधिमा विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ८.५७% ले बढाएर ८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले विद्युत बेचेर ७ करोड ८२ लाख रुपैयाँ कमाएको थियो ।
अहिलेसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ करोड ६२ लाख रुपैयाँ छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३६ पैसा रहेको छ ।