×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयद्वारा बीमा समितिसँग ३ दिने स्पष्टिकरण माग !

LAXMI SUNRISE BANK

अर्थ मन्त्रालयद्वारा बीमा समितिसँग ३ दिने स्पष्टिकरण माग !

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थ मन्त्रालयले बीमा समितिलाई ३ दिने स्पष्टिकरण सोधेको छ । मन्त्रालयले निर्देशन दिँदासमेत समितिले कोरोना बिमाको दाबी भुक्तानीमा लापरवाही गरेको भन्दै मन्त्रालयले ३ दिने स्पष्टिकरण माग गरेको हो । मन्त्रालयले झन्डै आधा दर्जन बुँदामा समितिसंग ३ दिन भित्रमा स्पष्टिकरण पठाउन निर्देशन दिएको जनाइएको छ । 
यता दुई अर्बभन्दा बढिको कोरोना बीमाको दावी भुक्तानीका लागि आवेदन परिसकेको छ । तर  बीमा कम्पनीहरुले भने कोरोना बिमा गरेका बीमितले सम्पूर्ण कागजात पेस नगरेको भन्दै दाबी भुक्तानी प्रक्रियामा ढिलाई भएको बताईरहेका छन् । केहि समयअघि मात्र कोरोना बिमा दाबी भुक्तानी नपाएको गुनासो अर्थ मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले समितिलाई एक साता भित्र दाबी परेका सबैको भुक्तानी गर्न निर्देशन दिएको थियो । तर कोरोना बिमा गराएका संक्रमितले अहिलेसम्म पनि भक्तानी पाएका छैनन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी