×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ दिनपछि खुल्यो म्याग्दीको बेनी बजार, संक्रमणको सकस कायमै

LAXMI SUNRISE BANK

११ दिनपछि खुल्यो म्याग्दीको बेनी बजार, संक्रमणको सकस कायमै

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेनी । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार ११ दिनपछि खुल्ला भएको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको जानकारी दिए । कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय संस्था र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो ।
पाँच सय ८१ घरका तीन हजार ९९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमूना संकलन गरी पिसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताइन् ।
घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो ।
प्रशासनले भिड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर र मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो । तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव र भेला गर्न भने रोक लगाइएको छ । प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ ।
मंगला गाउँपालिकाले मंसिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन् । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको जनाएको छ । – रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी