×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको सञ्चालक समितिमा विवाद सिर्जना, यस्तो छ कारण !

LAXMI SUNRISE BANK

बेष्ट फाइनान्सको सञ्चालक समितिमा विवाद सिर्जना, यस्तो छ कारण !

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीमा आन्तरिक विवाद सिर्जना भएको छ । कम्पनीको  सञ्चालक समितिमा विवाद सिर्जना भएको हो । कम्पनीका अध्यक्ष अमिरध्वज प्रधानले आफूखुशी निर्णय गरेको भन्दै अध्यक्षलाई नै हटाउने तयारी गरेको बताइएको छ । अमिरध्वज प्रधान, कृष्णहरी श्रेष्ठ, मिलन थापा, सुरज क्षेत्री, दीपक ढकाल र विमलप्रसाद ढकाल संस्थाको सञ्चालक समितिमा छन् । अध्यक्ष प्रधानलाई कम्पनीबाट हटाउने तयारी ३ जना सञ्चालकहरुले गरेका हुन् । 
नेपाल राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्नका लागि कार्तिक १३ गते ५०६औं बैठक डाकिएको थियो । तर सो छलफलमा ३ जना सञ्चालकहरु उपस्थित् भएनन् । सोहि दिनको छलफलमा  एक जना महिला सञ्चालक नियुक्ति गर्ने एजेण्डा भएतापनि कृष्णहरी र बिमल प्रसादले पनि निर्णय पुस्तिकामा हस्ताक्षर नगरेपछी बैठक स्थगित गरिएको थियो ।
अध्यक्ष प्रधानले बैठक पुन: १७ गते ५०७ औं बैठक बोलाएका थिए । तर सो बैठकमा पनि ३ जना सञ्चालकहरु उपस्थित भएनन् । बहुमत नपुगे पनि सो बैठकले सुशिला खनललाई उक्त दिन महिला सञ्चालकमा नियुक्त गरेको थियो । सो बारे कम्पनीले नेपाल स्टक एक्सचेञ्ज, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डमा जानकारी गरायो । त्यसपछि अध्यक्ष प्रधान र ३ सञ्चालकहरुको झन दुरी बढेको थियो । यता प्रधानविरुद्ध राष्ट्र बैंकमा उजुरीसमेत परेको थियो । उजुरीपछि राष्ट्र बैंकले सञ्चालकहरुलाई बोलाएर सम्झाएर पठाएको थियो । राष्ट्र बैंकले बहुमत नपुगी गरिएको निर्णय तत्काल  कार्यान्वयन नगर्न भनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी